बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश आगामी साधारण सभाले पारित गरेको ४५ दिनभित्र शेयरधनीहरुलाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ । कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।