काठमाडौं । स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि अखिल नेपाल फुटबल संघले यू २३ पुरुष टोलीको तयारी सुरु गरको छ । सागकै लागि महिला टोलीको तयारी पनि सुरु भइसकेको छ ।
सागको यू २३ टोलीमा २३ वर्षभन्दा माथिका ३ जना खेलाडी राख्न पाउने प्रावधान छ । त्यसका लागि बालगोपाल महर्जनको मुख्य प्रशिक्षणमा रहेको टोलीले बढीका उमेरका ५ जना खेलाडीलाई प्रशिक्षणमा बोलाउनु भएको छ । ती पाँचै खेलाडी राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन् । प्रशिक्षणको पहिलो दिन २५ खेलाडी समावेश भएका थिए । महर्जनले सिनियर टोलीका गोलकिपर किरण चेम्जोङसहित, विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठलाई बालाउनु भएको हो । साग यू २३ टोलीमा २३ वर्षमाथिका ३ खेलाडी राख्न पाउने प्रावधान छ । सागमा सन् २००४ को नवौं संस्करणबाट यू २३ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल सागको साविक विजेता हो । यू–२३ र सिनियर टोली दुवैमा पर्नेले विश्व कप छनोटको तयारीमा राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्नेछन् । बाँकी यू–२३ का खेलाडी महर्जनको प्रशिक्षणमा रहनेछन् ।