अहिले विश्वभरि नै सबैभन्दा लोकप्रिय केही एप्लिकेशन र सेवामा समस्या आइरहेको छ तर गुगल, जीमेल र युट्युबको भने सर्भर नै डाउन भएको छ ।डाउनडेक्टरका अनुसार ११ः५६ जीएमटी समयदेखि विश्वभरका प्रयोगकर्ता प्रभावित बनेका हुन् । गुगलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
यद्यपि युट्युब नचलेको भन्दै सूचना दिनेमध्ये ५४ प्रतिशतले वेबसाइटको प्रयोग गर्न नसकेको, ४२ प्रतिशतले भिडियो देख्न नसकेको र तीन प्रतिशतले लग इनमा समस्या देखिएको बताएका छन् । त्यस्तै जीमेलमा समस्या देखिएको भन्दै सूचना दिनेमध्ये ७५ प्रतिशतले लग इन गर्न नसकेको, १५ प्रतिशतले बेवसाइटसम्म पुग्न नसकेको र आठ प्रतिशतले सन्देश प्राप्त नभएको गुनासो गरेका छन् ।