हेटौंडा- मकवानपुरमा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।कुल २१६ जनामा कोरोना परिक्षण गर्दा ६८ जनामा पुष्टि भएको हो । पुष्टि हुनेहरुमा सबैभन्दा बढी ३३ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि १३ जना मनहरी गाउँपालिकाको,मकवानपुरगढी गाउँपालिका भित्रका ४ जना, ६ जना थाहा नगरपालिकाको,बकैया गाउँपालिकाको ६ जना, कैलाश गाउँपालिकाको १ जना, भीमफेदी गाउँपालिकाको ३ जना र राक्सिराङ्ग गाउँपालिकमको २ जना रहेको स्वास्थ्य कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या १० हजार ६ सय ११ पुगेको छ ।
जिल्लामा हालसम्म ९ हजार ४ सय १० जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ९८ जनाले कोरोना जितेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । मकवानपुरमा हालसम्म १ सय २१ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा आजको दिनमा घरमा १ हजार २३ जना र संस्थागत आइसोलेसनमा १ सय २७ जना उपचाररत रहेका छन् । बुधबार मकवानपुरमा ६८ कोरोना संक्रमित थपिदा ९८ जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९८ जना बुधबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ।