नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित हुनु भएकाे छ । आचार्य यसअघि पनि प्रदेश कमिटी सचिव हुनुहुन्थ्याे । सचिवमा मनोनयन दर्ता गराउनु भएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित हुनु भएकाे निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले बताउनुभयाे ।
आर्चायले प्यानलगत नभई व्यक्तिगत हिसाबले उम्मेदवारी दिनु भएको थियाे । एमालेको लुम्बिनी प्रदेश कमिटीका लागि अरु पदमा भने चुनाव हुने भएको छ । ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३ सय ६४ जनाको उम्मेदवारी परेको थियो । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल उम्मेदवार हुनुहुन्छ । रिजालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन समितिमा उजुरी परे पनि उहाँको उम्मेदवारी कायम हुने भएको छ ।