जाजरकोटको जूनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोलामा जीप दुर्घटना हुदाँ वडा अध्यक्षसहित छ जनाको मृत्यु भएको छ । दुर्घटनामा जूनीचाँदे गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अम्मरबहादुर शाही, सोही वडाको महेन्द्र माध्यामिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष कृर्तीबहादुर शाही, अहेब खेमराज शाही , वडा नम्बर ५ का अहेब पदमा कार्यरत कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक एक जनाको पहिचान हुँन बाँकी रहेको र अझै एक जना बेपत्ता रहेका डिएसपी श्रेष्ठले बताउनुभयो । दुर्घटनामा घाइते भएका एक जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ । सदरमुकाम खलंगाबाट जूनीचाँदे जाँदै गरेको जीप आज दिउँसो सडकबाट झण्डै पाँच सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।