हेटौंडाः मकवानपुरको दश स्थानीय तहले बिहीबार आगामी आर्थिक वर्ष ०७८÷७९ को बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । असार १० गते नै सबै स्थानीय तहहरुले आगामी वर्षको बजेट सार्वजनिक गरेका हुन् ।
मकवानपुरमा सबैभन्दा बढी बजेट हेटौंडा उपमहानगरले ल्याएको छ । हेटौंडा उपमहानगरको बजेट २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
थाहा नगरपालिकाले आगामी वर्षको लागि झण्डै एक अर्बको बजेट ल्याएको छ । बिहीबार उपमेयर खड्ग गोपालिले आगामी आर्थिक वर्ष ०७८(०७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
मकवानपुरको उत्तरी क्षेत्र स्थित इन्द्रसरोबर गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेको छ । इन्द्रसरोबर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३८ करोड ४१ लख बजेट सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख जीवन लामाले जानकारी दिनुभयो ।
मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ । आगामी वर्षको लागि मनहरीले बिहीबार ८३ करोड ६७ लाख ४६ हजारको बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।
यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी वर्षको लागि ६५ करोड ४१ लख ९९ हजारको बजेट ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन कुँबरले बताउनुभयो । बागमती गाउँपालिकाले आगामी वर्षको लागि ५३ करोड ६६ लाख ९३ हजार बजेट सार्वजनिक गरेको गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङतानले बताउनुभयो ।
कैलाश गाउँपालिकाले ४५ करोड ९६ लाख आगामी वर्षको बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष टंक मो क्सुतानले जानकारी दिनुभयो । राक्सिराङ गाउँपालिकाले भने आगामी वर्षको लागि ५४ करोड ७३ लाख २० हजार ८ सय ४३ रुपैयाँ ८८ पैसा बजेट ल्याएको छ ।
मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैयाँ गाउँपालिकाले आगामी आर्थिक वर्षको लािग ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसाको बजेट ल्याएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८र०७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँ बजेट ल्याएको छ ।