हेटौंडा – नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको जीतलाई रोक्न कसैले नस्सक्ने बताउनुभएको छ । हेटौंडा १२ र १३ को चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले एमाले नै बिकास गर्ने, समृद्धि ल्याउने, देशलाई अगाडि बढाउने पार्टी भएको जनताले बुझेकाले अब गठबन्धनको नाममा जसले जति भ्रम फैलाउने काम गरेपनि एमालेको जीत पक्का भएको बताउनुभयो ।

No description available.

नेता खुलालले भन्नुभयो, “एमालेले गरेको बिकासका काम देखेर जनताले गरेको मायाले अब एमाले त आयो आयो । एमालेको जीतलाई कुनै तागतले रोक्न सक्दैन ।” एमालेप्रती देखिएको जनलहरलाई आगामी दिनसम्म पनि कायम राख्न उहाँले आग्रह समेत गर्नुभएको छ । एमाले बिरोधीहरु जनता र मतदाताको बिचमा झुठो आश्वासन लिएर आउने भएकाले एमालेका योद्धाहरुले मतदाताको बिचमा रहेर त्यस्ता भ्रमलाई चिर्न समेत उहाँले निर्देशन दिनुभएको छ । हेटौंडाको १९ वटै वडामा अब एमालेको झण्डा फरफराउने उहाँले दाबी गर्नुभयो । अब सबै जनजनमा एमाले र मनमनमा एमाले भएको पनि खुलालले बताउनुभयो ।