हेटौंडा – आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले दोब्बर मतका साथ बिजय हासिल गर्ने बताउनुभएको छ । हेटौंडा १२ र १३ को चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बिपक्षीको भन्दा दोब्बर मत ल्याएर एमालेका उम्मेदवारले जीत हासिल गर्ने दाबी गर्नुभयो ।
“एमालेको जीत पक्का भैसक्यो । अब निर्वाचनबाट औपचारिकता पूरा गरेर प्रमाणपत्र दिन मात्र बाँकी हो ।” एमाले केन्द्रिय सल्लाहकार समेत रहनुभएका पौडेलले भन्नुभयो । “अब १ दुई सय मतले मात्र जित्ने हैन । बिपक्षीले जति मत ल्याउँछ त्यो भन्दा दोब्बर मतले एमालेले बिजय हासिल गर्छ ।” उहाँले दाबी गर्नुभयो ।
एमालेको बिजयले मात्र बिकास सम्भव भएको पनि उहाँले बताउनुभएको छ । आफू प्रदेश सभाको निर्वाचनमा निर्वाचित भएपछि हेटौंडा प्रदेश राजधानी कायमदेखि नगरको सबै क्षेत्रमा उल्लेख्य बिकास भएको पनि उहाँको भनाई छ । अब सारा जनताले बिकास गर्न एमाले नै आवश्यक भएको भन्ने कुरा बुझिसकेको समेत उहाँमे बताउनुभयो । यस्तै एमालेलाई पराजित गर्न भन्दै योजना र सिद्धान्त नै नभएका दलहरु जनताको बिचमा भोटको लागि गैंडा र हात्ती लिएर आउन सक्ने भन्नुहुँदै पूर्व मुख्यमन्त्री पौडेलले सजग रहन समेत आग्रह गर्नुभएको छ । सरकार चलाउने हैसियत नभएका र सरकार चलाउन आवश्यक पर्ने उम्मेदवार खडा गर्न नसक्ने पार्टीलाई भोट दिएर भोट खेर नफाल्न समेत मतदाताहरुलाई उहाँले आग्रह गर्नुभएको छ ।