हेटौंडा– नेपालमा आज थप ७ हजार ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएके छ । १९ हजार ८ सय ४६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ७ हजार २ सय २० जना तथा ६ सय ७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा २ सय ५ जना गरी जम्मा ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ ।
देशभरबाट गएको २४ घण्टामा ७ हजार १ सय ३५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ७६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभरि आज कोरोना सङ्क्रमणबाट १ सय ८५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार ५ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा १ लाख १५ हजार ४ सय ४७ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।