मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले टाईफाइड बिरुद्धको खोप अभियान अन्तरगत लक्ष्य अनुसार प्रगती हासिल गरेको छ । गत चैत्र २५ गते देखि सञ्चालन भएको अभियान अन्तरगत आज चौथो दिनमा स्वास्थ्य कार्यालय मकवानपुरको लक्ष्य अनुसारको शत प्रतिशत प्रगति हासिल गरेको हो ।
मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेका अनुसार स्वास्थ्य कार्यालय मकवानपुरबाट प्राप्त लक्ष्य अनुसार शत प्रतिशत बालबालिकालाई खोप लगाई सकिएको छ । गाउँपालिकामा १५ महिनादेखि १५ बर्ष सम्मका ५३३५ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य अन्तरगत आज चौथो दिन सम्म ५३२९ जनालाई खोप लगाईएको उहाँले बताउनुभयो । यस्तै भोली चैत्र २९ गते अभियानको अन्तिम दिन वडा नम्बर ५ मा रहेको एउटा संस्थागत विद्यालय र छुट भएका सबैलाई सम्बन्धित स्वास्थ्य संस्थाहरुबाट टाइफाइड रोग विरुद्धको खोप लगाइने उहाँले बताउनुभयो । अभियानमा २७ वटा विद्यालय र ८ वटा स्वास्थ्य संस्थाबाट ३३ वटा खोप केन्द्रमा ४३ जना खोप कार्यकर्ता र ७६ जना स्वय सेवक मार्फत बालबालिकालाई खोप लगाईएको उहँँले बताउनुभयो ।

No description available.