मकवानपुर – एमाले सम्बद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) मकवानपुरको सातौं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । क्यूपेक मकवानपुरका अध्यक्ष प्रताप राईको अध्यक्षता एवम् क्यूपेक नेपालका केन्द्रिय प्रतिनिधि परिषदका प्रमुख नरनाथ लुईटेलको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।
अधिवेशनमा लुईटेलले मजदुरको रोजजारी, पारिश्रमिक, र सुरक्षा लगायत मजदुरहरुको हक अधिकारको ग्यारेन्टी गर्न राज्यले पहल गर्नु पर्नेमा जोड दिनुहुँदै मजदुरका हक अधिकारलाई स्थापित गर्न एमालेको सरकार बन्न जरुरी रहेको बताउनुभयो । उहाँले राज्यका मजदुरहरु एक भएर आफनो हकहितको लागि आवाज उठाउनु पर्ने साथै श्रमीक मजदुरहरुको लागि लागु भएका नयाँ ऐन कानुनको कार्यान्वयनको लागि एक ढिक्का भएर अवाज उठाउनु पर्ने बताउनुभयो ।
अधिवेशनमा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलालले नेकपा एमाले जनताको पार्टी भएको बताउनुभएको छ । कार्यक्रममा बोल्दै नेता खुलालले एमालेले सधैं मजदुर, वृद्ध÷बृद्धा, एकल महिला, युवा, विद्यार्थी, सबै क्षेत्रको उन्नति चाहने हुनाले यो जनताको पार्टी भएको बताउनुभयो । उहाँँले देशको उन्नति र प्रगतिको लागि सहि नेतृत्व हुनु पर्ने भन्दै एमालेले मात्र सहि नेतृत्व दिन सक्ने बताउनुभयो । “नेतृत्वमा सोच, भिजन, योजना हुनु पर्छ, आज भन्दा पहिला एमालेको सरकार हुँदा देशलाई जोगाउन अनेकौ काम भयो । आजको अवस्था के छ ? आँफै मुल्याङकन गरौं । ” उहाँले भन्नुभयो । उहाँले अहिलेको मुल्यबृद्धि र अराजकताबाट मुक्ति पाउन अदालती सरकारलाई पाखा लगाएर जनताको पार्टी एमाललेलाई स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले श्रम प्रती सम्मान गर्नु पर्ने भन्दै जाहा श्रम प्रती सम्मान हुन सक्दैन त्यहा विकास सम्भब नरहेको बताउनुभयो ।
“क्यूपेक नेपालको सराकोर, सामाजिक सुरक्षा र मर्यादित रोजगार” भन्ने मुल नाराको साथ भएको अधिवेशनमा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले मजदुर बर्गको हितका लागि एमाले लागिरहेको र सधै लागि रहने बताउनुभयो । मजदुर क्षेत्रको अधिकार स्थापित गर्न एमालेको साथ र सहयोग सधैं रहने उहँँको भनाई थियो ।
कार्यक्रममा क्यूपेक नेपालकी केन्द्रिय अध्यक्ष शान्ता बस्नेत, उपाध्यक्ष योगेन्दै शर्मा, महासचिव राजेन्द्र विष्ट, आर्थिक सचिव किर्तिनिधि बिष्ट, सललाहाकार राजु आचार्य, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बागमती प्रदेस उपाध्यक्ष अर्जुन प्रसाद ढुङ्गेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनमा क्युपेक सम्बद्ध विभिन्न जिल्लाका अध्यक्षहरुलगायतको समेत उपस्थिीति थियो । अधिवेशन पूर्व क्यूपेक नेपाल मकवानपुरले हेटौंडामा प्रभातफेरी कार्यक्रम समेत आयोजना गरेको थियो । हेटौंडाको हुप्राचौरबाट सुरु भएको प्रभातफेरी हेटौंडा बजारहुँदै हेटौंडा–५ स्थित पिप्ले पोखरा सामुदायिक वनको कार्यलयमा पुगेर सम्पन्न भएको थियो । आजको अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने बताईएको छ ।