मकवानपुर – हेटौंडा उपमहानगरको मेयर हरिबहादुर महतले २५ मिटर सडक विस्तार नहुँदा हरेक विकासका कृयाकलापमा समस्या हुनुका साथै सबै क्षेत्रको विकास अवरोध भएको बताउनुभएको छ । २५ मिटर सडक विस्तारका सन्दर्भमा आज पत्रकार सम्मेलन गर्नुहुँदै मेयर महतले हेटौंडाको विकासका लागि मुख्य राजमार्गको २५–२५ दायाँ र बाँया पर्ने घरहरु भत्काएर सडक फराकिलो बनाउनु आवश्यक रहेको बताउनुभएको हो ।

No description available.

२५ मिटर बाटो क्लियर हुनुपर्ने भन्दै नगरसभाले पटकपटक पारित गरेर संघीय सरकारको ध्यानाकर्षण गराएपनि काम अघि नबढेको मेयर महतले बताउनुभयो । हेटौंडा उपमहानगरमा घरहरु भत्काउन घरसाहुहरुले नगरसँग कागज गरेको भन्दै मेयर महले सडक फराकिलो नहुँदा धेरै विकासका कामहरु हुन नसकेको बताउनुभयो । मुख्य राजमार्गको घरहरु खरिद विक्रि हुन सकेको छैन । संघीय सरकारले भत्काउन पहल नगरे स्थानीय सरकारलाई घरहरु भत्काउन अधिकार दिनुपर्ने मेयर महतले बताउनुभयो ।
२०७४ सालमा मन्त्रिपरिष्दले हेटौंडा बजार नभत्काउने गरी रातोमाटोबाट राप्तिपुलसम्म राष्ट्रिय राजमार्ग बनाउने भनेर गरेको निर्णय आजसम्म लागू नभएको मेयर महतले बताउनुभयो । संघीय सरकारले त्यो पनि नगरेको भन्दै हेटौंडा बजारमा २५ मिटर क्लियर नगर्दा हेटौंडा बजारको सुन्दरता समेत कुरुप हुँदै गएको बताउनुभयो । पूर्व पश्चिम मार्गको सबै क्षेत्रमा २५ मिटरको बाटो कार्यान्वय भएको र हेटौंडामा मात्रै नभएको भन्दै मेयर महतले संघीय सरकारलाई पटक पटक ताकेता गरेपनि अघि बढ्न नसकेको बताउनुभयो । संघीय सरकारले हेटौंडाको २५ मिटर सडक फराकिलो बनाउने विषय क्लियर नगरे राष्ट्रिय राजमार्ग अन्तै तोक्न मेयर महतले आग्रह गर्नुभएको छ ।