हेटौंडा – मकवानपुरमा भाद्र १० गतेसम्म जारी निषेधाज्ञा १० दिनको लागि थप भएको छ । भाद्र २० गते राति १२ बजेसम्म निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । यस्तै सवारीमा लागू गरिएको जोर–बिजोर प्रणाली हट्ने भएको छ भने, बजार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म खोल्न पाईने उहाँले बताउनुभयो । (हेर्नुहोस आदेश)