मकवानपुर– ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा स्थायी राजधानी र नामाकरणको प्रकृया सुरु भएको छ । बुधबारको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो ।
बुधबारको बैठकमा सांसदहरुले हेटौंडा भर्सेस काभ्रेको पक्षमा प्रदेशसभा सदस्यहरुले बोल्नुभएको छ । राजधानीको विषयमा बोल्ने अधिकांश सांसदहरूले हेटौंडा र काभ्रेको पक्षमा आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा बेल्ने अधिकाशं प्रदेशसभा सदस्यहरुले हरेक दृष्टिकोणले हेटौंडा उपयुक्र्त भएको तर्क गर्नुभएको थिाये भने काभ्रे उपयुक्त हुने तर्क समेत प्रस्तुत गरिएको थियो । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक दीपक निरौलाले प्रतिवेदनमाथि छलफल गरियोस भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नु भए पछि पहिलो दिन आज २१ जना सांसदले आफ्नो धारणा राख्नुभएको हो ।
राजधानीको विषयमा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बलराम पौडेलले सामरिक महत्वको आधारमा हेटौंडा उपयुक्त स्थान भएको भन्दै कुनै पनि हालतमा हेटौंडाबाट राजधानी सार्न नहुने तर्क गर्नुभएको थियो । त्यस्तै नेपाली कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले हेटौंडा राजधानी धेरै किसिमले उपयुक्र्त भएको र हटौंडाबाट राजधानी सार्न खाज्नु भनेको सरकारलाई अल्झाउन खोज्नु भएको बताउनुभयो । नेपाली कांग्रेसकी अर्का प्रदेश सभा सदस्य गीता वाग्लेले पनि सुरक्षा, भौगोलिक अखण्डताको हिसाबले हेटौंडामा राजधानी उपयुक्त हुने बताउनुभयो । त्यस्तै नेकपाका प्रदेश सभा सदस्य विजय सुवेदी, राप्रपाकी प्रदेशसभा सदस्य रीता माझी लगायतले हेटौंडा राजधानी उपयुक्त हुने तर्क गर्नुभएको थियो ।
त्यस्तै नेकपाका प्रदेश सभा सदस्य शशिजंग थापाले भने सबै हिसाबले भक्तपुर उपयुक्त भन्ने तर्क प्रस्तुत गर्नुभएको थियो । यता काभ्रेका प्रदेश सभा सदस्य रत्न ढकालले काभ्रे उपयुक्त भएको तर्क गर्नुभयो । त्यस्तै नेकपाका प्रदेश सभा सदस्य बसुन्धरा हुमागाइँले पनि प्रदेश ३ को राजधानी हरेक दृष्टिकोणले काभ्रे उपयुक्त भएको बताउनुभयो । प्रदेश सभा सदस्य विशाल खड्काले पनि काभ्रे राजधानीको लागि उचित हुने बताउनुभयो । नेकपाकै प्रदेश सभा सदस्य चन्द्र लामाले पनि कुनै पनि हालतमा प्रदेशको राजधानी हुनुपर्ने भन्दै काभ्रेको लागि मतदान गर्न आग्रह समेत गर्नुभएको थियो । बैठकमा प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले नुवाकोट पृथ्वी नारायण शाहले समेत कुनै समय राजधानी बनाएको भन्ने तर्क दिँदै राजधानी नुवाकोटमा उपयुक्त हुने बताउनुभयो । काभ्रेको पक्षमा प्रदेश सभा सदस्यहरु लक्ष्मण लम्साल, इन्द्र माया गुरुङ, शान्ति प्रसाद पौडेल लगायतले तर्क गर्नुभएको थियो । यता भक्तपुरबाट भर्खरै मात्र निर्वाचित प्रदेश सभा सदस्य कृष्णलाल भडेलले प्रदेशको राजधानी भक्तपुर र नामाकरण चाँगुनारायण हुनु पर्ने तर्क गर्नुभएको थियो । प्रदेश सभाको वैठक भोलि बिहीबार दिउसो ३ बजे सम्मलाई स्थगित भएको छ । भोलि पनि प्रदेशको राजधानीको विषयमा बाँकी प्रदेश सभा सदस्यहरूले बोल्ने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।