मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्व. नेताहरु मदन भण्डारी र जीवराज आश्रितको राजनीति सबैकालागी र सधैंका लागि प्रेरणाकाे स्राेत बन्ने बताउनुभएको छ । २७ औं मदन आश्रित स्मृति दिवशका अवसरमा आज एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री पोडेलले स्व. नेताहरूको राष्ट्र र राष्ट्रियता प्रति समर्पित रहेर गरिने सेवाभाव सहितको राजनीति सबैकालागी र सधैंका लागि प्रेरणा बन्ने बताउनुभएकोे छ ।
स्मृति दिवशका अवसरमा मुख्यमन्त्री पौडेलले तत्कालीन समयमा संसारभर घट्दोक्रममा रहेको कम्युनिस्ट विचारधारालाई नविन विचार प्रतिपादन गरेर विश्वको कम्युनिस्ट आन्दोलन चलाएमान बनाउने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई नविन विचारमार्फत स्थापित गराउने महान जननेता मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रित प्रति भावपूर्ण श्रद्धान्जली अपर्ण गर्नुभएको छ । उहाँले वर्तमान समयमा व्यक्ति र स्वार्थ केन्द्रित राजनीति हावी भइरहेको अवस्थामा स्व. नेताहरूको राष्ट्र र राष्ट्रियता प्रति समर्पित रहेर गरिने सेवाभाव सहितको राजनीति सबैकालागी र सधैंका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।