प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानन्यायाधीशको नाम सिफारिस बारे दलहरूले सहमति जुटाउन नसक्दा मङ्गलवारको स्थगित भएको बैठक आज ५ बजे बस्न लागेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलवार बसेको बैठक भने निष्कर्षविहीन टुङ्गिएको थियो ।आजको बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने जनाइएको छ । यही २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ ।