मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुखलाई स्वागत गरेको छ । आईतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर भर्खरै सरुवा भएर आउनु भएका मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वामदेव गौतमलाई स्वागत गरेको हो ।

No description available.

जिसस प्रमुख ललितबहादुर घलान, उपप्रमुख सानुकाजी लुईटेल, सदस्यहरु बिरेन्द्रकुमार लामा, सुनिता दर्नाल, सुमित्रा थिङ, निमित्त समन्वय अधिकारी सुनिता कुमारी गजुरेललगायतले प्रहरी उपरिक्षक गौतमलाई खादा लगायर स्वागत गर्नु भएको थियाे । सो अवसरमा जिसस घलान र उपप्रमुख लुइटेलले प्रहरी उपरिक्षक गौतमको कार्याकाल सफलताको शभकामना समेत व्यक्त गर्नु भएको थियो । उहाँहरुले समन्वय र सहकार्य गरेर अगाडी बढ्नु पर्ने धारणा राख्न भएको थियो । सो क्रममा प्रहरी उपरिक्षक गौतमले यस अघि पनि मकवानपुर जिल्लामा रहेर काम गरेको अनुभव रहेको भन्दै समन्वय र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्ला समन्वय समितिबाट सक्दो सहयोगको अपेक्षा रहेको र आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।