मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले पुरानो गोरखगणका प्रमुख सेनानी राजेश थापालाई विदाई गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले थापालाई मायाको चिनो सहित विदाई गर्नुभएको हो ।

No description available.

यस्तै सुपारेटार ब्यारेकमा आउनु भएका गोरबहादुर गणका प्रमुख सेनानी सुवास महतलाई स्वागत गर्नुभएको छ । कार्यालयमा आज एक कार्यक्रमका बीच थापालाई उहाँहरुलाई आगामी कार्यकालको सफलतासहित विदाई एवम् स्वागत गर्नुभएको हो । पुरानो गोरख गाणका प्रमुख सेनानी थापा गणसहित नारायणहिटि दरवार पुग्नु भएको छ, भने नारायणहिटि दरवारबाट गोरख बहादुर गणसहित महत सुपारेटार आउनु भएको हो । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत सुनिता गजुरेललगायतको सहभागिता थियो ।