मकवानपुर – मकवानपुर प्रहरीले ८८ क्युफिट अबैध सालको चिरान काठसहित शनिबार दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले अबैध सालको चिरान काठ र एउटा पिकअप भ्यान सहित दुईजना पक्राउ गरेको हो ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा–३ लेवट नजिक हाडीखोला तर्फबाट बस्तीपुर चोक तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१–च १२६० नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ८८.६० क्युफिट अबैध सालको चिरान काठ सहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा हेटौडा–१२ बस्ने २४ बर्षीय सुशान लोप्चन र सोहि पिकअप गाडीमा सवार सोही स्थानका १८ बर्षीय सुदिप लोप्चन रहेको जिप्रका मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । अबैध काठसहित पक्राउ परेका दुवैजनालाई अनावश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको जनाइएको छ ।