साउन- १७ , हेटौँडा:- हेटौँडा उपमहानगरपालिका–५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका ४ सय ६२ विद्यार्थीको आँखा परिक्षण गरिएको छ । विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत हेटौँडा युवा अभियानको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत शुक्रबार शिविर संचालन गरिएको हो ।

४ सय ६२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको मध्ये १६ जनामा सामान्य समस्या देखिएकाले प्राथमिक उपचार गरिएको परीक्षणमा संलग्न सामुदायीक आँखा अस्पतालकी सिनियर बरिष्ठ नेत्र साहायक पूर्णिमा गुरुङले जानकारी दिनुभएको छ । शिविरमा सिनियर नेत्र साहायक गुरुङको नेतृत्वमा नेत्र साहायक सम्झना कुँवर, आँखा स्वास्थ्य सेवक सर्मिला बजगाईं र आइ डोनर अमेन्द्र बि.कको सहभागिता रहेको विद्यालयकी अतिरिक्त कृयाकलाप संयोजक सुजिता श्रेष्ठले बताउनुभयो ।

शुक्रबार भएको शिविरमा कक्षा नर्सरी देखी कक्षा चार सम्मका विद्यार्थीहरुको आँखाको परिक्षण गरिएको तथा आगामि साउन २२ गते हुने अर्को परीक्षण शिविरमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको आँखा परीक्षण गरिने विद्यालयकी शिक्षिका सुमी श्रेष्ठले बताउँनुभयो । नियमित स्वास्थ्य परीक्षणबाट विद्यार्थीहरुमा स्वास्थ्य समस्या भए पत्ता लाग्ने र समयमै उपचार गर्न सजिलो हुने भएकाले विद्यालयमै शिविरको आयोजना गरेको विद्यालयका निर्देशक रिषभलाल श्रेष्ठले बताउँनुभयो । यस्तै युवा अभियान हेटौँडाका संयोजक साकार शिवाकोटी शशिले युवा अभियानले गर्दै आएको विभिन्न सामाजिक कृयाकलाप अन्तर्गत विद्यार्थीहको आँखा शिविर सञ्चालन गरिएको बताए ।