हेटाैंडा– कान्तिलोकपथअन्तर्गत हेटौंडा उपमहानगरपालिका ७ न्युरेनीमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका—४ का कमलडाँडाका ६२ वर्षीय जीतबहादुर थापा रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका–६ चौघडाबाट हेटौंडा बजारतर्फ आउने क्रममा ना १२ प ५७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिएर थापा घाइते भएका थिए । घाइते थापाको हेटौंडा अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयाे ।