प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिनुभएको छ । आज सम्पन्न फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेर नेपाल एसिया कपमा छनौट भएसँगै खेलाडीलाई बधाई दिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट खेलाडीलाई बधाई दिँदै देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले लेख्नुभएको छ ।