नेपालमा कोरोना भाईरसबाट कूल संक्रमित मध्ये ९४ प्रतिशत संक्रमित निको भइसकेका छन् । कोरोना भाईरसको संक्रमणबाट आज थप १ हजार ६ सय २८ जना संक्रमण निको भएसँगै हालसम्म ९४ प्रतिशत संक्रमित निको भइसकेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।
यस्तै आज १ हजार १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार २ सय २० वटा पिसिआर परिक्षण गर्दा ६ सय ४४ पुरुष र ३ सय ७० महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।
यस्तै हाल देशभर १२ हजार ९ सय ४८ जना कोरोना भाईरका संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ हजार ६० जना होम आइसोलेसनमा छन भने ३ सय ३२ जनाको आई।सी।यू मा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण आज थप २० जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगको छ ।