अभिनेत्री श्वेता खड्काको आज विवाह हुँदैछ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तयारी र मेहन्दीको फोटो सार्वजनिक गरेकी छिन् । धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी उनले आफू विगतलाई भुलेर फेरि मुस्कुराउन लागेको बताएकी छिन् ।
फेसबुकमा उनले लेखेकी छिन् ः ‘मेहन्दीको रङहरूसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ उनको विवाहमा शुभचिन्तक र दर्शकले शुभकामना दिएका छन् । उनीहरुले अभिनेता श्री कृष्ण श्रेष्ठलाई सम्झँदै श्वेतालाई शुभकामना तथा बधाई दिएका छन् । श्वेता र श्री कृष्णको विवाह भएको एक महिनापछि श्री कृष्णको निधन भएको थियो । २०७० सालमा उनीहरुको विवाह भएको थियो । श्वेताको दोस्रो विवाहलाई कलाकारले एउटा उदाहरणको रुपमा लिएका छन् । नेपाली समाजमा महिलाले दोस्रो विवाह गर्न हुन्न भन्ने गलत मान्यतालाई श्वेताको विवाहले हटाउन सहयोग मिल्ने उनीहरुको भनाइ छ। श्वेताले कहाँ भेटिएला । चलचित्रबाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् ।