मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले लक्ष्य अनुसारको काम भए÷नभएको विषयमा स्थानीय तहले मुल्याङ्कन गर्ने बेला भएको बताउनुभएको छ । आईतबार जिल्लाको मनहरी गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भएका प्रगतिकाे अनुगमन तथा समिक्षाका क्रममा उहाँले स्थानीय तहहरुमा थुप्रै कामहरु भएको भए पनि आफुले निर्धारण गरेको लक्ष्य अनुसार काम भए÷नभएको मुल्याङ्कन गर्न सुझाव दिनुभयो ।

प्रमुख खुलालले पैसा छरेर मात्र विकास नदेखिने भन्दै योजनावद्ध विकासमा ध्यान दिनूपर्ने भन्दै लक्ष्य निर्धारण गरेर काम गर्न र त्यसको व्यवस्थित अभिलेखिकरण गर्न आग्रह गर्नुभयो । प्रमुख खुलालले विभिन्न कारणले स्थानीय तहहरुले पूर्ण रुपमा ढुक्क भएर काम गर्न नसकेको भन्दै आइ परेका समस्याहरु विस्तारै समाधान हुँदै जाने समेत बताउनुभयो । संघीयता कार्यान्वयनको चरणमा केहि समस्याका बाबजुद पनि स्थानीय तहहरुले थुप्रै काम गरिरहेको हुँदा कहि कतै नचुक्ने गरि कामलाई निरन्तरता दिन उहाँले अनुरोध गर्नुभयो ।
प्रमुख खुलालले स्थानीय तहहरुले व्यवहारिक निति र दरो कार्यान्वयनका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । कागजमा मात्रै दरो निति बनाउनु भन्दा कार्यान्वयनमा दरो भएर लाग्नु पर्ने उहाँको भनाई थियो । जनप्रतिनिधि र कर्मचारीको संयुक्त पहलमा मात्र समृद्धि हासिल गर्न सकिने भन्दै उहाँले हरेक काम विधिमा टेकेर समन्वयका साथ गर्न आग्रह गर्नुभयो । उहाँले मनहरी गाउँपालका मकवानपुरका अन्य स्थानीय तहहरु भन्दा छुट्टै विषेश्ता भएको गाउँपालिका रहेको भन्दै सोहि अनुसारकै योजना बनाउन समेत आग्रह गर्नुभयो । कानुन सम्वत र पारदर्शि रुपमा काम गरेमा मात्र शुसासन कायम गर्न सििकन्छ भन्ने कुरालाई ख्याल गर्नु पर्ने उहााको भनाई थियो । उहाँले मनहरी गाउँपालिकालाई असारे विकासको परिपाटी अन्तय गर्ने गरि लक्ष्य निर्धारण गरेर काम गर्न सुझाव दिनुभएको छ ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले समग्र रुपमा लक्ष्य निर्धारण गरेरै काम भएको बताउनुभयो । उहाँले गाउँपालिकामा कृषि र पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेकाले उक्त क्षेत्रलाई विशेष महत्व दिएर काम गरेको बताउनुभयो । चालु आवमा गाउँपालिकाले करीब ७८ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट निर्धारण गरेको मध्ये पहिलो चौमासिक सम्म करीब ११ प्रतिशत रकम खर्च भईसकेको समेत बताउनुभयो । कुल १८० योजना मध्ये कार्तिक मसान्त सम्ममा स्टिमेट तयार, उपभोक्ता समिति गठनलगायतका पहिलो चौमासिकमा गर्नुपर्ने काम सकेको साथै २४ वटा योजना सम्झौता भइसकेको र १० वटा योजनाको भुक्तानि समेत भईसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायत गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, सदस्यहरु, तथा कर्मचारीहरुको उपस्थिती थियो । जिल्ला समन्वय समितिले असारे विकासलाई अन्त्य गर्नुपर्छ भन्ने उद्ेश्यका साथ समयमै योजना सम्झौता, उपभोक्ता समिति गठन, लागत अनुमान तयारलगायतका काम भए÷नभएको विषयमा अनुगमन तथा अन्तरकृया गर्ने क्रममा आईतबार मनहरी गाउँपालिकामा अनुगमन गरेको हो ।