मकवानपुर । मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा, चरेश र अफिमसहित तिनजनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा, चरेश र अफिमसहित दुईजना भारतीय नागरिक र एकजना नेपाली नागरिक साथै उनिहरुले प्रयोग गरेको भारतिय नम्बर प्लेटको सवारीसाधनसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरेर लागुऔषधसहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विश्‍व राज खड्काले मकवानपुरको थाहा नगरपालिका-११, टिस्टुङ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४७० ग्राम अफिम र डिएल ८ सिएक्स १२२४ नम्बरको भारतीय कार नियन्त्रणमा बताउनुभयो । उहाँका अनुसार हेटौडाहुदै भारततर्फ लागुऔषध ओसार पोसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी कारलाई चेकजाँच गर्दा भारतको हरियाणा राज्य जिल्ला हिसार ग्राम पंचायत गोबिन्दनगर थाना सदर घर भएका वर्ष २५ का कुनाल गोथ्वाल र न्यु सुवासनगर थाना सदर घर भएका वर्ष २० को मनिस कुमारलाई नियन्त्रणमा लिइएको हो ।
त्यस्तै प्रहरीले आइतबार बिहान १०१ किलोग्राम लागुऔषध गाँजासहित १ जना पक्राउ गरेको छ । आइतबार बिहान हेटौंडा-१५, रातोमाटेमा चितवनबाट बिरगंजतर्फ जादै गरेको भारतिय नम्बर प्लेटको     डिएल 13 सि 1561 C 1561 कारलाई रोकी सुरक्षाजाच गर्ने क्रममा चालक पर्सा बिरगंज-२६, अठराह सुगौली बस्ने बर्ष २० का राजन रारुत कुर्मीलाई पक्राउ गरेको जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तिनै जनाबिरुद्ध आवस्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।