मकवानपुर – मकवानपुर जिल्लामा आइतबार (आज) बाट विद्युतीय राहदानी वितरणको प्रक्रिया सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि विद्युतीय राहदानी वितरणका लागि प्रत्यक्ष दर्ताको कार्य सुरु गरेको हो ।

राहदानी विभागले काठमाडौंबाट मंसिर १ गतेदेखि नै विद्युतीय राहदानी जारी गर्ने कार्य सुरु गरेको थियो । विद्युतीय राहानीका लागि मकवानपुर जिल्ला छनौट गरी मिति र समय निश्चित गरेका सेवाग्राहीको प्रत्यक्ष दर्ताको कार्य सुरु गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले प्रारम्भिक चरणमा दैनिक १५ जनाको कोटा तोकी प्रत्यक्ष दर्ता गर्ने कार्य सुरु गरिएको जनाईएको छ । क्रमशः कोटा वृद्धि गरिँदै लगिने समेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।