मकवानपुर – शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ मकवानपुरमा स्थापित शैक्षिक सहयोग अक्षय कोष नेपालले छात्रबृतिका लागि पुनः आवेदन माग गरेको छ । आईतबार बसेको कोषको बैठकले यसै वर्षबाट लक्षित विद्यार्थीहरुलाई प्रदान गरिने छात्रबृतिका लागि आवेदन माग गरेको हो ।
कोषका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले छात्रबृति प्रदान गर्न सूचना प्रकाशन गरेकोमा हालसम्म ५ जना विद्यार्थीहरुको मात्र आवेदन प्राप्त भएकोमा प्राप्त आवेदनहरुको नपुग भएको प्रमाण (मृत्युदर्ता प्रमाणपत्र) पेश गर्न जानकारी दिने साथै थप व्यक्तिहरुलाई आवेदन दिन पुनः १५ दिने सूचना जारी गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
यस्तै बैठकले कोषको २०७६ फागुन २८ को बैठकबाट स्वीकृत छात्रबृति वितरण कार्यविधि २०७६ को परिच्छेद ५, दफा ४ र ५ मा उल्लेखित बुँदामा छात्रबृतिको लागि आवेदन दिने विद्यार्थीहरुको हकमा विद्यालयको सिफारिस साथ सम्बन्धित वडा कार्यालयको सिफारीस र गाउँपालिकाको वा नगरपालिकाको सिफारीस साथ पेश गर्नु पर्ने भनिएकोमा निवेदकहरुले निवेदन, विद्यालयको सिफारीस र सम्बन्धित वडा कार्यालयको सिफारीससहित पेश गर्नुपर्ने भन्ने संसोधन गर्ने निर्णय गरेको अध्यक्ष खुलालले जानकारी दिनुभयो । त्यस्तै बैठकले शैक्षिक सहयोग अक्षयकोष नेपालको हालसम्म भएका काम कारबाहीको समिक्षा गर्दै संस्थाको नविकरण लगायतका कार्य सम्पन्न गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।