चितवन – सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको मतगणना सुरु भएको छ । निर्वाचनको मत गणना सुरु भएको र अबको तीन घण्टामा परिणाम आउने केन्द्रिय निर्वाचन आयोगका प्रमुख विजय सुव्वाले बताउनुभयाे ।
‘सवै मेसिनबाट आएको मत ल्याएर जोड्ने कार्य भइरहेको छ’ उहँले भन्नुभयाे ‘अब तीन घण्टा जति लाग्छ ६९ मेसिनबाट आएको रेकर्ड जोडेर हामी अन्तिम नतिजा दिन्छौ। ’ चार बजेबाट सुरु भएको मतदान सम्पन्न गरेपछि मेसिनमा आएको परिणाम जोड्ने कार्य भइरहेको उहँले बताउनुभयाे । कुल २०९६ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । उहाँका अनुसार करिव ३ वजे आयोगले बन्दसत्रको हलमा अन्तिम परिणाम सुनाउने छ । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो । निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको सुव्वाले बताउनुभयाे । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो। खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।