चितवन– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अनुमानित भन्दा करिब डेढ करोड रुपैयाँ बढी खर्च लाग्ने भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार महाधिवेशनको खर्च ९ करोड रूपैयाँ पुग्ने भएको हो ।
यसअघि साढे ७ करोड लाग्ने अनुमान गरिएकोमा महाधिवेशन लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको तामाङले जानकारी दिए । यसअघि आइतबार सक्ने भनिएको महाधिवेशन आज मंगलबार मात्र सकिने भएको छ। आज एमालेको अध्यक्ष, उपाध्यक्ष, सचिव र केही केन्द्रीय सदस्यका लागि मतदान भएको छ भने मतदानको नतिजा पनि आजै आउनेछ। मतदानको नतिजा आएसँगै एमालेको महाधिवेशन सकिनेछ। आजै दिउँसो २(३ बजेसम्म मतदानको नतिजा आइकसक्ने एमाले निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए। उनका अनुसार २१५३ मतदाता रहेकोमा २११४ मत खसेको छ।