चितवन- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान सकिएको छ । मंगलबार बिहान ४ बजेबाट सुरु भएको मतदान साढे १० बजेपछि सकिएको हो । विहान १० बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समयमा एमाले निर्वाचन आयोगले आधा घण्टा समय थप गरेको थियो ।
एमाले निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार मतदानमा २११४ मत खसेको छ । उहाँका अनुसार २१५३ जना प्रतिनिधि थिए । यसअघि एमालेले २१७५ जना प्रतिनिधि रहेको जनाएको थियो । कार्यव्यस्तताका कारण कतिपयले महाधिवेशन छाडेर फर्किसकेकाले केही कम मत खसेको जनाइएको छ । ५० वटा क्लस्टरमा मतदान गर्नुपर्नेमा ४० वटामा निर्विरोध भएपछि १० वटा क्लस्टरमा मात्र भोटिङ भएको थियो।