मकवानपुर– मकवानपुरमा भारतबाट आएका १७ जना व्यक्ति आइसोलेसनमा भर्ना भएका छन् । हिजो जेठ ९ र १० गते भारतबाट आएका जिल्लाका विभिन्न स्थानीय तहका नागरिकहरु आईसोलेसनमा भर्ना भएका हुन् ।
हेटौंडा–४ स्थित आइसोलेशनमा भर्ना भएका सबै १७ जना मकवानपुरका नागरिक भएको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले जानकारी दिनुभयो । आईसोलेसन वार्डमा हेटौँडा उपमहानगरपालिकाका ८ जना, मकवानपुरगढीका २ जना, बकैया गाउँपालिकाका १ जना, मनहरी ४ जना, बागमती १ जना, थाहा नगरपालिकाको १ जना, भर्ना भएका छन् ।