मकवानपुर– कोरोना भाईरस (कोभिड–१९) ले पारेको प्रभावमा नागरिक समाज तथा सञ्चार जगतको भुमिका विषयक छलफल आज हेटौंडामा सम्पन्न भएको छ । ईन्सेक बागमती प्रदेश कार्यालयले पारस्परीक जवाफदेहीता परियोजना अन्तरगत कार्यक्रम आयोजना गरेको हो ।

ईन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा जिसस प्रमुख खुलालले कोरोना विरुद्ध जनचेतना जगाउने अभियान लाग्न नागरिक समाजलाई सुझाव दिनुभएको छ । उहाँले कोरोना भाइरसबाट बच्न जनचेतनाको कमी रहेको भन्दै यसमा नागरिक समाज समेत चुकेको ताउनुभयो । उहाँले नागरिक समाज, राजनैतिक दल लगाएत सबैको सकृयतामा जनचेतनाको माध्यमबाट मात्रै समुदायलाई कोरोनाबाट बचाउन सकिकिने बताउनुभयो ।
प्रमुख खुलालले नागरिक समाजले माहामारीका बेला आफ्नो भुमिका देखाउन नसकेको गुनासाहरु आएको हुँदा त्यलाई सुधार गर्दै जानु पर्ने समेत बताउनुभयो । उहाँले राज्य संरचनामा आएको परिर्वतनका कारण केही समस्या देखिएको भए पनि त्यसलाई समाधान गर्दै जानु पर्ने बताउनुभयो । उहाँले सबैको सकृयतामा मात्र समुदाय सचेत र सुरक्षित हुने भन्दै यसमा सबैको भुमिकका हुनु पर्ने बातउनुभयो । उहाँले भन्नुभयो– “ राज्य भनेको केपी ओली मत्रा भन्ने होईन, नागरिकनै राज्य हो, त्यसैले नागरिकले आफ्नो भुमिका देखाउनु पर्छ । सरकारलाई वा अन्य कसैलाई दोस दिएर समस्या समाधान हुँदैन ।” कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले नागरिक समाज लगायत गैरसरकारी संघसंस्थालाई स्थानीय तहहरुमा केहि समस्या भएमा जिससले समन्वय र सहजिकरण गर्ने बताउनुभयो । उहाँले कसैलाई दोस दिएर उम्कन नहुने समेत बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले नागरिक समाजको काम भनेको सरकारी तथा निजी क्षेत्रले दिने सेवा र सुविधाबारे निगरानी गर्ने, प्रश्न गर्ने, पैरवी गर्ने र उनीहरूलाई बढी उत्तरदायी र जवाफदेही बनाउने भए पनि अहिले त्यस्तो हुन नसकेको बताउनुभएको थियो । सहभागिहरुले नागरिक समाजले आफ्नो भुमिका स्थापीत गर्नुपर्ने बताउउनुभएको थियो । कोरोनाको महामारीमा नागरिक समाजको भुमिका गौण रहेको भन्दै समभागिहरुले भुमिका प्रस्तुत गर्न सुभाव समेत दिनुभयो । नागरिक समाजले कोरोनाविरुद्ध जनचेतना जगाउने तथा संक्रमण रोक्ने अभियानमा सक्रिय बन्न नसकेको आरोप लगाउनुभयो । केही संघ–संस्थाले मास्क, साबुन, सेनिटाइजर बाँडेर आफ्नो उपस्थिति देखाए पनि समग्र रूपमा आफ्नो भूमिकाबाट नागरिक समाज चुकेको उहाँहरुको भनाई थियो । कार्यक्रममा मकवानपुरका विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि, विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरुको उपस्थिती थियो ।