सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौं स्थानमा छ । समान खेलमा मछिन्द्र ३६ अंकका साथ तेस्रो स्थानमा छ । यस्तै च्यासल मैदानमा थ्री स्टार क्लब र संकटा क्लबबीच खेल हुनेछ । थ्री स्टार र संकटाको समान २२ खेलमा २६ अंक नै छ । थ्री स्टार तालिकाको ११ औँ तथा संकटा १२ औँ स्थानमा छ । आजका दुई वटै खेल दिउँसो ३ बजे सुरु हुनेछन् । १४ टोली सहभागि ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।