मकवानपुर– मकवानपुरमा शनिबार (आज) थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भदौ २६ गते संकलित स्वाब मध्ये ५४ जनाको हेटौंडा–१०, स्थित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
आज पुष्टि भएका मध्ये हेटौंडा उपमहानगरका ६ जना, मनहरी गाउँपालिकाका ७ जना, बारा र पर्सा जिल्लाका १/१ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
