मकवानपुर– जुडो संघ मकवानपुरको आयोजनामा आज हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । रक्तसञ्चार केन्द्र हेटौंडामा भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइरहेको बेला रक्तदानको कार्यक्रम आयोजना गरिएको जुडो संघ मकवानपुरका अध्यक्ष सविन मुक्तानले बताउनुभएको छ । रगत अभावले गर्दा विरामीको समयमै उपचार हुन नसकेको समस्यालाई न्यूनिकरण गर्न कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । संघका अध्यक्ष मुक्तानको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।