देशका अधिकांश ठाउँको मौसम अहिले मौसम बद्ली भएको छ । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण उपत्यकासहित मध्य र पूर्वलगायत अन्य केही ठाउँको मौसम बद्ली भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार आज उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा हल्का  पानी  पर्ने अनुमान छ ।
यस्तै आज हिमपातको पनि सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण अबको तीन दिन नै मौसम यस्तै रहने मौसमविद्ले बताएका छन्  । अहिले देशका धेरै ठाउँमा हुस्सु लागेको छ ।