मकवानपुर– मकवानपुरमा सप्ताहब्यापी रुपमा मनाईन लागेको सहिद दिवसको विबिध कार्यक्रमको तयारी पूरा भएको छ । माघ १० गते बिहान ७ बजे सहिद सप्ताहको शुभारम्भ पद यात्रा गरेर कार्यक्रमको औपचारीक सुरुवात हुने भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलसहित हेटौंडाको बुद्धचोकबाट सुरु हुने पदयात्रामा सहिद स्मारकमा गएर सम्पन्न हुने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एबम् स्मारक बिकास समितिका सदस्य रघुनाथ खुलालले जानकारी दिनुभयो । यसैगरी माघ १० गते नै ११ बजे मकवानपुरगढी दरवारमा २५७ औ विजय उत्सव मनाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । मकवानपुर गढीमा पनि मुख्यमन्त्री पौडेलले झण्डात्तोलन गर्नुका साथै सेतो हात्तिाको मुर्ती अनावरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
त्यस्तै सप्ताहब्यापी दिवशका अवसरमा माघ ११ गते बिहान ८ बजे सहिद स्मारकमा बृहत रक्तदान कार्यक्रम, दिउँसो १२ः३० बजे कलेज स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १२ गते जिल्लका विभिन्न जातजातीको मौलिकता झल्कने विविध सांस्कृतिक कार्यक्रम, माघ १३ र १४ गते दुई दिन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्धारा कला सृजना कार्यशाला आयोजना गरिने उहाँले बताउनुभयो ।
माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सहिद स्मारकमा निर्माण भएको प्रजातान्त्रीक पार्कको समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । माघ १४ गते नै बिभिन्न २० वटा देशका राजदुतहरु समेत कार्यक्रममा सहभागि हुने स्मारक बिकास समितिले जनाएको छ । माघ १५ गते साहित्यीक गजल वाचन कार्यक्रम र माघ १६ गते मुल समारोह समितिद्धारा प्रभातफेरी तथा श्रद्धान्जली कार्यक्रम गरी सहिद सप्ताहको कार्यक्रम सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।
सहिद सप्ताहसंगसंगै ‘भीजीट नेपाल २०२०’ सफल पार्न बिभिन्न कार्यक्रमहरुको समेत आयोजना गरीएको छ । मकवानपुरका पर्यटकिय क्षेत्रहरु सहिद स्मारकसंगसंगै कुष्माण्ड सरोबर, मकवानपुर गढि, ईन्द्रसरोवर ताल, दामन भ्युटावर, चित्लाङ भेडा फार्म, भीमफेदी हात्तिसार, हेटौंडाको जुरेथुम, हर्नामाडी मुर्ति बगैचा, मनकामना मन्दिर, अशोक चैत्यलगायत जिल्लाका बिभिन्न धार्मीक तथा अन्य पर्यटकिय गन्तब्यहरुको समेत प्रचारप्रसार गरीने भएको छ ।