हेटौंडा– नयाँ वर्ष २०७८ को अवसरमा मैगलबार हेटौंडा–९, गुम्बार चोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । नयाँ वर्षको पूर्व सन्ध्यामा हिन्दु स्वयंसेवक संघ नेपालले मगलबार साँझ हेटौडा–९ गुम्बा चोकमा दिप प्रज्वलन गरेको हो ।
हिन्दु स्वयंसेवक संघ नेपालका अध्यक्ष शम्भु प्रसाद भट्टराई को अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सोरपछिरिङ तामाङको प्रमुख आतिथ्यता एवम् सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपति नगरका अध्यक्ष राम बिष्ट को विशिष्ट आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि तामाङले सवारी दुर्घटनाबाट बच्न जसरी सवारी चालकले दुरी कायम राख्ने गर्छन् त्यसै गरी दोस्रो चरणको कोरनाबाट आफु र आफन्तलाई जोगाउन नागरिक दुरी कायम राख्दै नयाँ वर्ष आग्रह गर्नुभयो । नववर्ष २०७८ अवसरमा आयोजित शुभकामना तथा दिप प्रज्वलन कार्यक्रममा उपभोक्ता मंच नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेल, नेपाली कांग्रेस वडा ९ का सचिव प्रदिप पराजुली, हिन्दु स्वयंसेवक संघका उदय प्रसाद अधिकारी लगाएतले मन्तव्य व्यक्त गर्नुभएके थियो ।