मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा रहेको सहयोगि मन नेपालले मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा संस्थाले शुभकामना आदान प्रदान तथा वर्ष सम्मान कार्यक्रम आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष केदार प्रसाद चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फँुयालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा मन्त्री फुँयालले नयाँ वर्षले समृद्ध नेपाल निर्माणमा लाग्ने प्रेरणा मिलोस भन्ने कामना गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री फुँयालले समृद्ध नेपाल निर्माणमा एक ढिक्का भएर लाग्न सबैलाई प्रेरणा मिलोस भन्ने कामना गर्नुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले सबैको सकृयतामा समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । सो अवसरमा उहाँले सहयोगि मन नेपालको प्रसंसा गर्नुहुँदै आगामी दिनमा समेत संस्थाको सकृयताको कामना गर्नुभयो । उहाँले सकारात्मक साेँचका साथ समृद्द नेपाल निर्माणमा लाग्न सबैलाइ प्रेरणा मिलाेस भन्ने कामना गर्नुभयाे ।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापा, वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोईराला, प्रहरी नायव उपरिक्षक जयश्वर रिमाल, शसस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्री, युवा संघ नेपालका केन्द्रिय सदस्य संतोष चौलागाई, अनेम संघ मकवानपुरकी अध्यक्ष सुमित्राा काफ्ले, संस्थाका सल्लाहाकार बद्री प्साद चाैलागाइलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थालाई सहयोग पु¥याउनु हुने तीन जनालाई वर्ष सम्मानबाट सम्मानीत गरिएको थियो । संस्थाले वर्ष सम्मानबाट डा सागर काफ्ले, ईश्वरमान श्रेष्ठ र विष्णु प्रसाद खतिवडालाई सम्मान गरेको हो ।