मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) का केन्द्रिय सदस्य एवम् जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएकाे छ । मनहरी गाउँपालिका वडा नम्बर–५ मा शनिबार आयोजित वडा स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेता खुलालले कार्यकर्तालाई बिच्चलीत नभई निर्वाचनमा जुट्न आग्रह गर्नुभयाे ।

नेता खुलालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिएकै कारण जनतामा जाने निर्णय लिन बाध्य हुनुपरेको बताउनुभयो । उहाँले सबैभन्दा लोकतान्त्रिक विधि नै ताजा जनादेश भएको बताउनुभएको छ । सहमतिबाट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसक्ने भएपछि चोरबाटोबाट एकता भाड्न खोजेको नेता खुलालले भनाई थियो । उहाँले देश समृद्धिको बाटोमा हिँड्न थालेपछि प्रधानमन्त्री ओलीलाई हटाउने योजना बनाउने काम भए पनि सफल हुन नसक्ने बताउनुभयो । तीन वर्षमा सरकारले निकै राम्रो काम गरेकोले देशको आर्थिक सूचांकमा सुधार आइरहेको समयमा प्रचण्ड माधव समुहले अस्थिरता ल्याउन खोजेको उहाँले आरोप लगाउनुभयो ।
गाउँपालिका कमिटी सदस्य एवम् ५ नम्बर वडा ईन्चार्ज विष्णु प्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश कमिटी दस्य एवम् मनहरी गाउँपलिका अध्यक्ष एकराज उप्रेती, नेकपा जिल्ला कमिटी सचिव लालबहादुर थापा, जिल्ला कमिटी सदस्य सुनिल मौक्तान, हेमलाल उप्रेती, किशोर बर्तौला, ईष्टु मकवानपुरका अध्यक्ष सचिन लामालगायतको आतिथ्यता थियो । भेलाले सोमनाथ रुम्बाको अध्यक्षतामा वडा कमिटी समेत चयन गरेको छ ।