मकवानपुर – बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । प्रदेश सभाको आजको बैठकमा उहाँले प्रदेश सरकारको चौथो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्दै अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने नीति तथा कार्यक्रमको ध्येय रहेको प्रदेश प्रमुख प्रसाईँले जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका धेरै विषयवस्तु समावेश गरिएका छन् ।
यस्तै कार्यक्रममा कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न प्रदेश सरकार मातहत कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्रका उच्च पहाडी र तल्लो हिमाली क्षेत्रको पर्यटन गन्तव्यमा भ्रमण जानका लागि उत्प्रेरणात्मक कार्यक्रम ल्याइने, कोरोनाविरूद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्‍याउन आवश्यकताअनुसार ‘प्रदेश प्रमुख कोभिड १९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दालाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने लगायतका बुँदा उल्लेख छन् । कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख प्रसाईँले कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारको सुनिश्चितता गरी प्रदेशका बासिन्दाको जीवन रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
यस्तो छ प्रदेश सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ–