हेटौंडा कोरोनाको कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ९ की २२ वर्षीया महिला रहेकी छन् । उनको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । महिलामा जेठ १९ गते कोरोना पुष्टि भएको र साहि दिन हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ ।
यसैगरि मकवानपुरमा आज थप १ सय ४२ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ११ जना र आइसोलेसनबाट ३१ जना गरी थप १ सय ४२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ७ हजार ७ सय ५३ पुगेको छ । यसैगरि आज जिल्लामा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६० जनामा पिसिआर र एन्टीजेन परीक्षणमा थप ६२ जनामा संक्रमण पुष्टि भएको कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ९ हजार ६ सय ४१ पुगेको छ । जिल्लामा हाल १७ सय ३० जना संक्रमित घरमा र ९४ जना आइसोेसनमा गरी १८ सय २४ संक्रिय संक्रमित उपचाररत रहेका छन् ।