हेटाैंडा – चार देशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत ओमान बिरुद्धको खेलमा नेपालले १३६ रनको लक्ष्य पाएको छ । अल अमिरात क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाल सामु ओमानले ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ओमानले १३५ रन बनायो ।
नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए । सन्दीप लामिछानेको डेब्यू कप्तानी खेलमा टस जितेर बलिङ थालेको नेपालले छैटौं सफलता हात परेको हो । बलर अभिनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा ओपनर कश्याप प्रजापतिलाई ११ रनमा बोल्ड आउट गरेर सफलताको खाता खोलेका थिए । चौथो ओभरको पहिलो बलमा आरिफ शेखले ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई १३ रनमा विकेट किपर आसिफ शेखबाट क्याच गराए ।
त्यस्तै कमलसिंह ऐरीले छैटौं ओभरको तेस्रो बलमा अयान खानलाई ११ रनमा आसिफबाट नै क्याच गराए । चौथो विकेट कप्तान सन्दीपले लिए । १७ औं ओभरमा अभिनाश बोहराको बलमा दीपेन्द्र सिं ऐरीको क्याचले अर्को विकेट लिए । यो नेपालको पाँचौं सफलता हो । अभिनाशले नादिनलाई आउट गरे । १७।५ औं ओभरमा अभिनाशले अर्को विकेट लिए ।