मकवानपुर – मकवानपुर प्रहरीले लागु औषध गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले १ किलो ४ सय ग्राम गाँजासहित बकैया–५ बस्ने फुलमाया भुलुनलाई पक्राउ गरेको हो ।
शनिबार दिउँसो विशेष सूचनाको आधारमा प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरी टोलीले राक्सीराङ–१ स्थायी घर भई हाल बकैया–५ कर्मचुली बस्ने ३५ वर्षीया भुलुनलाई पक्राउ गरेको जनाएको छ । भुलुनको घरमा चेकजाँच गर्दा निजको घर भित्र लुकाई छपाई राखेको अबस्थामा लागु औषध गाँजा १ किलो ४ सय ग्राम फेला परेको प्रहरीले जनाएको छ । लागु औषध गाँजासहित पक्राउ परेकी भुलुन बिरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।