राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनु भएकाे छ । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मङ्गलवार बिहान साढे ८ बजे बैठकका लागि शीतल निवासमा बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयाे ।
संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा राष्ट्रपति पौडेलले बैठक बोलाउनु भएकाे हाे । यसअघि राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गगर्नु भएकाे थियाे ।
आइतबार साँझ राष्ट्रपति पौडेलले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गर्नु भएकाे छ । ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ ।