काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ । आज बिहीवार बसेकाे पार्टीकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हाे ।
यादव मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा चुनावमा यादव बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएकाे थियाे । सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति भएको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ ।











