हेटौंडा– स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोभिड महामारी नियन्त्रणका लागि राष्ट्रिय मार्गचित्र बनाउन मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिव प्रदीप ज्ञवाली र स्वास्थ्य विपद आपतकालीन महाशाखाका एक जना सदस्य रहनेछन् ।
उक्त समितिले कोरोना महामारीविरुद्ध रणनीति तय गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार उक्त समितिले कोभिड महामारीमा अन्य देशमा भइरहेको राम्रो अभ्यास हेरेर हाम्रो देशलाई सुहाउँदो रणनीति चयन गरी मन्त्रालयलाई पेस गर्नेछ । डा. गौतमले भन्नुभयो,“उहाँहरुको सुझाव अनुसार महामारीविरुद्ध कसरी लड्ने भन्ने रणनीति मन्त्रालयले बनाउनेछ ।” मन्त्रालयले स्वास्थ्य विषयमा अध्ययनरत विभिन्न विद्यार्थीलाई स्वयंसेवकको रुपमा खटाउने निर्णय गरेको छ । कहाँ र कहिलेदेखि कति विद्यार्थीलाई स्वयंसेवकको रुपमा खटाउने भन्ने विषयमा निर्णय नभइसकेको प्रवक्ता गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यकता हेरेर स्वयंसेवक खटाउने भन्ने मात्रै निर्णय भएको छ ।