फाइल तस्विर

हेटौंडा–मकवानपुर जिल्लाको तिनवटा सामुदायिक विद्यालयका ४ सय विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग उपलब्ध गराईएको छ । समाजसेवी कमलचन्द्र सुमनको समन्वयमा छुट्टा छुट््टै कार्यक्रमको आयोजना गरेर जिल्लाका तीनवटा विद्यालयका ४ सय विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीको सिर्जशील बौद्ध अनाथ प्राथमिक विद्यालय, मनहरी गाउँपालिका वडा नम्बर ५ को मदन आश्रित प्राथमिक विद्यालय र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को बासुदेव टोलका जापान नेपाल मैत्री प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई समाजसेवी सुमनको समन्वयमा सन अफ लाईट जर्मन, फुट प्रिष्ट हङ्कङ् र पिसा क्राप्ट कलेक्सन बैंकक द्धारा उपलब्ध गराएको हो । विद्यालय पोशाक छुट्टाछुट्टै समारोको आयोजना गरी नेपाल स्थित सन अफ लाईटका अध्यक्ष शान्तरत्न शाक्यले वितरण गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडी, गुम्बा डाँडामा स्थित स्थापना गर्ने बुद्ध मुर्ति निर्माण समिति काठ्माण्डौ बोद्धका कोषाध्यक्ष सुभापराज शाक्य, यज्ञराज शाख्व चिरंजीवी आचार्य, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडाका राजु गुरुङ् र शोनि गुरुङ् लगाएतको उपस्थिति रहेको थियो ।